लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
काठमाडौं । कोशी प्रदेशमा लैङ्गिक हिंसा र समानता तथा सामाजिक समावेशीकरणको अवस्थाबारे आजदेखि विराटनगरमा प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ । सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले किशोरीहरुको सशक्तीकरण, अपाङ्गता लक्षित कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा सञ्चालन भइरहेको पनि बताए ।
