SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

नेपाल आउँदै भारतीय गायक सान, आफ्ना सर्वकालीन हिट गीतहरू पस्कने

काठमाडौँ । भारतीय चर्चित पार्श्वगायक सान विशेष साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन् । उनी नेपालकै ठुलो इन्डोर भेन्यु क्लब नोभामा आयोजना हुने साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । उक्त कार्यक्रम अगामी भदौ ६ गते आयोजना हुने छ । जसमा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।