SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।