SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

कोरिया जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला, ७२ सयको कोटा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा ७ हजार २ सय जनाको कोटासहित आवेदन आह्वान गरेको हो ।