SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

एक महिनापछि नियन्त्रणमा आयो ‘माडीगज’ हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट एक महिनाअघि हराएको ‘माडीगज’ नामको हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ। निकुञ्जको गिदेनी पोस्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर नियन्त्रणमा लिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोस्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेपछि हात्ती तर्सिएर भागेको बताए।