SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै, काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य

वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित श्रमिकहरूले अब घरमै बसेर अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगारसम्बन्धी उजुरी प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउन ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।