प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एक उजुरी
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो । समिति सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी नपरेको जानकारी दिए ।
