SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने बताएका छन् । मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्नु सम्भव नरहेको बताएका हुन् ।