कीर्तिपुरमा निजी कारभित्र जलेको अवस्थामा एक व्यक्ति फेला
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा फेला परेका छन् । कीर्तिपुरको चाँदनीचोक क्षेत्रमा कारसहित जलेको अवस्थामा व्यक्ति फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार कारभित्र एक जना व्यक्ति जलेको अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
