SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आगलागी भएको निजी कारबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुरको चाँदनीचोक क्षेत्रमा कारसहित जलेको अवस्थामा व्यक्ति फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको कारभित्र एक जनाको शव भेटिएको हो । घटनाको पहिचान र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।