SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

सिरहा ट्राफिकद्वारा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।