हर्क साम्पाङविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् । क्रिश्चियन धर्म मान्ने साम्पाङ्गलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् ।
