इरानमाथि १० दिनदेखि लगातार अमेरिकाको सैन्य आक्रमण
एजेन्सी । अमेरिकी सेनाले सोमबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानमाथि अमेरिकाले विगत १० दिनदेखि निरन्तर सैन्य कारबाही गर्दै आएको छ । सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार मुख्य कमान्डरको निर्देशनमा सोमबार अपराह्न ४ बजेबाट नयाँ चरणको प्रहार सुरु गरिएको हो ।
