SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । महाशाखाका अनुसार अहिले देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।