सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित
सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार संघीय संसद्का सदस्यहरूले राजपत्राङ्कित तृतीय श्रेणी (रा.प. तृतीय) को एक जना स्वकीय सचिव राख्न पाउनेछन्।
