झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको सफलतापूर्वक खोजी गरेको छ । प्रहरीको वार्षिक तथ्याङ्कअनुसार विभिन्न स्थानबाट हराएका भन्दै ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जना फेला परिसकेका छन् भने १४ को खोजी जारी रहेको जनाइएको छ ।
