SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोटका लागि ३५ जनाको दरखास्त स्वीकृत (सूची)

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको दरखास्त स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार दरखास्त स्वीकृतसम्बन्धी सूचना जारी गरेको छ । मन्त्रालयको सिफारिस समितिले ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्राप्त आवेदनहरूमध्ये योग्यता पुगेका ३५ जनाको दर्खास्त स्वीकृत गरेको हो ।