SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा भत्तामा पनि भ्रष्टाचार, ४२ जनाविरुद्ध मुद्दा दायर

रौतहटको दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तथा सरकारी कागजात सच्याइ भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।