SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

नेपाल लाइफको प्रथम बीमा शुल्क १३ अर्ब नाघ्यो, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फस्ट प्रिमियम इनकम– एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा नेपाल लाइफले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको हो ।