SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

‘अवरूद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम प्राथमिकतामा’

काठमाडौं । सडक विभागले वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरूद्ध राजमार्ग सञ्चालनलाई प्राथमिकतामा राखी पहिरो पन्छाइने जनाएको छ । सडक विभागले मनसुन सक्रिय भएसँगै जोखिमयुक्त राजमार्ग तथा सडकमा पहिरो गए तत्काल हटाएर यातायात सञ्चालन गर्ने गरी आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको हो ।