SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

१६ राष्ट्रलाई पछि पार्दै ‘ग्लोबल डान्स लिग’मा नेपाललाई ३ स्वर्णसहित ४ पदक

काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ । फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो ।