SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन- विपद्का बेला कार्यालय नछोड्नू

काठमाडौँ । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ ।