SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

प्रोटोन ई.मास ५ नेपाली बजारमा सार्वजनिक (तस्बिरसहित)

काठमाडौँ। नेपालको विद्युतीय सवारी (ईभी) बजारमा अर्को नयाँ अध्याय थपिएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५’नेपाली बजारमा सोमबार एक कार्यक्रमबिच सार्वजनिक गरेको हो । कम्पनीका अनुसार प्रोटोन ई.मास ५ नेपालमा सार्वजनिक भएको आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी हो ।