बक्स अफिस रिपोर्ट: ‘भागदौड’को कमाइ झन्डै १ लाख
काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा:@बक्सअफिसले २०८२ श्रावण ३ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार यस साताको बक्स अफिसमा चलचित्र ‘रोल नं. १’ ले कुल १,७८,२३,९०८ रुपैयाँ आम्दानी गरेको छ ।
