‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन सरोकारपक्षसंग आग्रह गरेको छ । मन्त्रालयले चालु आवलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गरेको छ । यसका लागि मन्त्रालयले आज सबै मन्त्रालयका कानुन शाखा/महाशाखाका प्रमुखहरुसंग छलफल सुरुआत गरेको छ ।
