SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

बुधबारदेखि वर्षा कम हुने, आज र भोलि भने भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ ।