केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको सफल उपचार
काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ ।
