साउनको पहिलो सोमबार: गोकर्णेश्वर महादेवमा श्रद्धालुको घुइँचो
काठमाडौं। आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा भगवान् शिवको दर्शन, पूजा–आराधना तथा जलाभिषेक गर्ने श्रद्धालुको उल्लेखनीय भीड लागेको छ। हिन्दु धर्मशास्त्रमा साउन महिना र सोमबार भगवान् शिवका लागि विशेष प्रिय मानिने भएकाले यस दिन व्रत बस्ने, बेलपत्र, जल, दूध, पञ्चामृत चढाई पूजा गर्ने परम्परा रहिआएको छ।
