कर्णालीमा हिमालय आँखा अस्पतालको शाखा: एक वर्षमा ९५३ जनाको निःशुल्क शल्यक्रिया
काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरेको हो ।
