SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु

एजेन्सी । उत्तर इराकमा खसालिएको एक इरानी ‘वन–वे’ अट्याक ड्रोनको विस्फोट नभएको गोलाबारुदलाई नियन्त्रित रूपमा निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार विज्ञप्ति जारी गर्दै शनिबार भएको यस घटनाको पुष्टि गरेको हो । सेन्टकमकाअनुसार सोही अभियानका क्रममा अर्का एक सैनिक सामान्य घाइते भएका छन् ।