SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

भारतमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातको एक अवैध पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । स्थानीय प्रहरीकाअनुसार अहमदाबाद सहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटपछि भीषण आगलागी भएको थियो ।