युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका
एजेन्सी । अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएयता शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठको प्रयोग गरी निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ । गाजा सिटीमा स्थापना गरिएको ‘फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले पुनः प्रयोग गरिएका काठका सामग्रीबाट कक्षाकोठा र डेस्क–बेन्च निर्माण गरी विद्यार्थीहरूलाई औपचारिक सिकाइ वातावरणमा फर्काएको हो ।
