SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०१:१६ AM · 1 मिनेट पढाइ

रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ । कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ ।