फिफा विश्वकप २०२६ को गोल्डेन बुट फ्रान्सका किलियन एम्बाप्पेलाई
काठमाडौँ। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे ले फिफा विश्वकप २०२६ को गोल्डेन बुट जितेका छन्। प्रतियोगिताभर उत्कृष्ट गोल प्रदर्शन गरेका उनले १० गोल गर्दै सर्वाधिक गोलकर्ताका रूपमा प्रतियोगिता टुङ्ग्याए। फ्रान्स तेस्रो स्थानको खेलमा इङ्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले उक्त खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए।
