झापा गोल्डकपलाई झापाली समाजको सहयोग
काठमाडौं । गत माघमा सम्पन्न सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताका लागि सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले प्रतिबद्धताअनुसार रु चार लाख आर्थिक सहयोग गरेको छ । बिर्तामोडमा आज आयोजित कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले झापा गोल्डकपका अध्यक्ष केदार गिरीलाई उक्त रकम हस्तान्तरण गरे ।
