बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ । सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले जानकारी दिए ।
