SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

एम्बाप्पेले तोडे विश्वकप गोलको रेकर्ड, मेसीलाई रेकर्ड तोड्ने मौका

काठमाडौं । फिफा विश्वकप २०२६ मा गोलको नयाँ कीर्तिमान बनेको छ । शनिबार रातिको खेलपछि फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन् । एम्बाप्पेले कुल २२ गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारेका हुन् । मेसी २१ गोलसहित दोस्रो स्थानमा रहेका छन् ।