SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

सुनझोडा खोलामा आफैले शिलान्यास गरेको पक्की पुलको सुनील शर्माले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनील शर्माले मोरङको सुनझोडा खोलामाथि निर्माण सम्पन्न मोटरेबल पक्की पुलको उद्घाटन गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ जोड्ने करिब ३० मिटर लामो पुल निर्माण सम्पन्न भएपछि दशकौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीलाई राहत पुगेको छ ।