शैक्षिक परामर्श नियमावली संशोधन मागमा एफएनसीसीआईको ऐक्यबद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उठाएका शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धी संशोधनका मागप्रति ऐक्यबद्धता जनाएको छ । इक्यानले वस्तुगत सदस्यका रूपमा एफएनसीसीआईसमक्ष पेश गरेको नियमावली संशोधनसम्बन्धी मागमा महासंघले समर्थन जनाउँदै शिक्षा तथा खेलकुद मन्त्रालयमा औपचारिक पहल गरेको हो ।
