SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।