SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : विदुषी राणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले सामान्य अनुशासनात्मक कारबाहीकै आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्ने व्यवस्था उपयुक्त नहुने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।