लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना पक्राउ
काठमाडौंको कुलेश्वरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वर पुल नजिक दुई राउण्ड गोली प्रहार गर्दै एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको हो। ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाउनुपरेको थियो।
