SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

इरानका विद्युत् गृह र पुलहरूमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज भएर आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै आफ्नो निर्णय फिर्ता लिएका छन्। लगत्तै उनले इरानका विद्युत् गृह (पावर प्लान्ट) र पुलहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यदि इरान वार्ताको टेबलमा नआएमा अमेरिकी सेनाले आगामी हप्ताभित्रै त्यहाँका विद्युत् गृह र पुलहरूमा बमबारी गर्ने बताएका हुन्।