SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

एट्लान्टाको सुरक्षा व्यवस्था कडा

फिफा विश्वकप २०२६ अन्तर्गत इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित सेमिफाइनल खेलअघि अमेरिकाको एट्लान्टा सहरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। दुवै टोलीका समर्थकबीचको ऐतिहासिक प्रतिस्पर्धालाई मध्यनजर गर्दै अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।एट्लान्टा प्रहरीले खेल हेर्न हजारौं समर्थक तथा आगन्तुक आउने जनाउँदै सहरभर अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।