SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

समृद्ध नेपालको ‘विकास ढाँचा’ !

विकास मानवीय संवेदनाको जीवन्त उडान र समाजको प्राण हो। अनेक सम्भावना बोकेको यसको यात्रा सिधा हुँदैन, बरु सपना र संघर्षको लयमा अघि बढ्छ। विकासको पहिलो जग सडक हो, जसले गाउँ–सहरमात्र होइन, मानिसका मन पनि जोड्छ। जोन एफ. केनेडीले भने झैं ‘हाम्रो सम्पत्तिले सडक होइन, बरु सडकले हाम्रो सम्पत्ति बनाएका हुन्।’भौतिक पूर्वाधारले जग बनेर समग्र समाज बदल्दै विकासको छलाङ मार्ने हो। तर, विश्वका कुनै पनि विकसित देश एकैदिनमा बनेका होइनन्।