SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

इतिहास दोहोरिएला कि नयाँ अध्याय लेखिएला ?

काठमाडौं : विश्व फुटबलका दुई शक्तिशाली राष्ट्र अर्जेन्टिना र इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आमनेसामने हुँदैछन् । अमेरिकाको एटलान्टामा हुने यो बहुप्रतीक्षित भिडन्तले फाइनलको टिकट मात्र काट्ने छैन, विश्व फुटबलको सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एकको अर्को ऐतिहासिक अध्याय पनि थप्नेछ । विश्व च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको उपाधि नजिक पुग्ने लक्ष्यमा छ भने इङ्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकप जित्ने सपना साकार पार्ने अभियानमा मैदानमा उत्रिँदैछ ।