हर्मुज जलडमरूमार्फत हुने ढुवानीमा शुल्क नलगाउने ट्रम्पको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमार्फत आउजाउ गर्ने व्यावसायिक जहाजहरूमा शुल्क लगाउने आफ्नो पूर्वप्रस्ताव फिर्ता लिएका छन् । शुल्कको सट्टा अमेरिकाले खाडी मुलुकहरूबाट ठूलो मात्रामा लगानी भित्र्याउने सम्झौता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशका नेतृत्वहरूसँगको फलदायी वार्तापछि यो निर्णय लिएको जानकारी दिए ।
