SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

धादिङ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित’ घोषित

धादिङ: धादिङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित जिल्ला’ घोषणा गरिएको छ। जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो।बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका स्रोतव्यक्ति (फोकल पर्सन) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरे।