SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुर्याएको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।