मिडियामा ‘पार्किङ आतंक’विरुद्ध उभियो संसद्
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा खबरदारी गर्न थालेका छन्। सरकार गठनको १०० दिन पूरा भएपछि रास्वपा सांसदहरूले विभिन्न विषयलाई लिएर सरकारका कमजोरीमाथि औंला ठड्याउन थालेका हुन्।रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पछिल्ला दिनमा सञ्चार गृहहरूका अगाडि भएको ‘गाडी आतंक’ को कडा आलोचना गरे। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले शाही शासनकालमा पत्रकारितामाथि भएको दमनको स्मरण गराए।
